२७ भाद्र २०८३, शनिबार

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

21

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन माडीका ५६ वर्षीय देव नारायण महतो र भरतपुरका ४८ वर्षीय टेक बहादुर दोङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले बा.प्र.०१-०२५ च ०८७७ नम्बरको कार जाँच गर्ने क्रममा १३ वटा पोकामा लुकाइएको उक्त परिमाणको गाँजा फेला पारेको हो । प्रहरीले कार चालक महतो र गाँजा ओसारपसार एवं कारोबारमा संलग्न पिकअप चालक दोङ दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.