२७ भाद्र २०८३, शनिबार

साँस्कृतिक चलचित्र निर्माणका लागि साढे तीन करोड अनुदान : कार्यविधिमाथि सञ्चारमन्त्रीद्वारा छलफल

42

सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्र निर्माणलाई प्रोत्साहन गर्न साढे तीन करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । चालू आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित उक्त रकमलाई पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रोत्साहन अनुदान कार्यविधि’ को मस्यौदामाथि सरोकारवालासँग छलफल गरेको छ ।

मन्त्रालयमा आयोजित अन्तरक्रियामा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र जवाफदेही बनाउन स्पष्ट कार्यविधि आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारी अनुदानबाट बन्ने चलचित्रले नेपालको इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई सशक्त रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सहभागी चलचित्रकर्मीहरूले अनुदान वितरण प्रक्रिया निष्पक्ष हुनुपर्ने, नयाँ र उदीयमान प्रतिभालाई प्राथमिकता दिनुपर्ने तथा सामाजिक सद्भाव र राष्ट्रिय एकताका विषय समेटिएका चलचित्रलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिएका छन् । प्राप्त सुझावहरूलाई समेटेर कार्यविधिलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.