१२ श्रावण २०८३, मंगलवार

काभ्रेपलाञ्चोक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा: १३ वटै पालिकामा शतप्रतिशत खोप

80

काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार धुलिखेलमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोपयुक्त घोषणा गर्नुभएको हो। जिल्लाका १३ वटै स्थानीय तहले शतप्रतिशत लक्ष्य हासिल गरेसँगै १६ देखि २३ महिनाका कुल ३ हजार १५५ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले यो उपलब्धि हासिल गर्न महत्वपूर्ण योगदान दिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरूलाई धन्यवाद दिनुभयो। उहाँले प्रदेश सरकारले ‘एक पालिका–एक नमुना स्वास्थ्य संस्था’ कार्यक्रममार्फत स्वास्थ्य सेवालाई सुदृढ बनाइरहेको उल्लेख गर्दै खोपको दिगोपना कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। जिल्ला खोप समन्वय समितिका प्रमुख दिपककुमार गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा उत्कृष्ट कार्य गर्ने पालिका र स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरिएको थियो।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.