१२ श्रावण २०८३, मंगलवार

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

71

काठमाडौं: चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । सुटिङका क्रममा व्यस्त रहँदा अचानक स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा उनलाई ब्रेन ट्युमर भएको पुष्टि भएको थियो ।

दीपाश्री निकट स्रोतले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, यो साता उनी र उनको टिमका लागि निकै चुनौतीपूर्ण र कठिन रह्यो । ट्युमर देखिएपछि तुरुन्त शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो । उपचारका लागि धेरैले भारत लैजाने सल्लाह दिए तापनि अन्ततः नेपालकै अनुभवी वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको टोलीमार्फत शल्यक्रिया गराउने निर्णय लिइएको थियो ।

काठमाडौंमा गरिएको उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । हाल उनलाई आइसियू (ICU) बाट जनरल वार्डमा सारिएको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ ।

अप्ठ्यारो समयमा आशीर्वाद दिने सम्पूर्ण दर्शक, शुभचिन्तक तथा उपचारमा संलग्न डा. बसन्त पन्तसहितको स्वास्थ्यकर्मीको टोलीलाई दीपाश्रीको टिमले विशेष धन्यवाद व्यक्त गरेको छ ।

Author

Leave A Reply

Your email address will not be published.