२१ जेष्ठ २०८३, बिहीबार

डा. जगदिश प्रसाद अग्रवाल प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त

44

सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन समेत रहनुभएका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति र चिकित्सा शिक्षा सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनुहुनेछ। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई विशेषज्ञका रूपमा आफ्नो सेवा पुर्‍याउनुहुनेछ।

Author

Leave A Reply

Your email address will not be published.