६ बैशाख २०८३, आईतवार

एनओसी लिन अब कार्यालय धाउनु नपर्ने: घरमै बसेर प्रमाणपत्र प्रिन्ट गर्न सकिने

14

काठमाडौं, ६ वैशाख । वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूले अब घरमै बसेर अनलाइनमार्फत ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले आफ्नो प्रणालीलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) को प्रणालीसँग जोडेसँगै यो सेवा ‘फेसलेस’ बनेको हो।

यस व्यवस्थापछि विद्यार्थीहरूले अनलाइनबाटै आवेदन दिने, डिजिटल माध्यमबाट राजस्व बुझाउने र प्रक्रिया पूरा भएपछि क्यूआर कोडसहितको प्रमाणपत्र आफैँ डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्। विश्वविद्यालयहरूसँग डाटा आवद्धता भइसकेकाले अब उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूले कागजात रुजु गराउन भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। यसअघि स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि एनओसी लिन जाँदा विवरण रुजु गर्न कार्यालय नै पुग्नुपर्ने अवस्था थियो।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.