संविधान दिवसमा प्रधानमन्त्री वालेन्द्र शाहको प्रतिबद्धता: “सुशासन नारा होइन, काम गरेर देखाउँछौँ”
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको अक्षर र भावनाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले शहीदहरू, सुशासन योद्धाहरू तथा हालैको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद् उद्धारमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो।
सम्बोधनका मुख्य बुँदाहरू:
-
सुशासन र शून्य सहनशीलता: विकासका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक संरचनाको उपयुक्त आकार र योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको बताउनुभयो।
-
डिजिटल सुशासन र नवप्रवर्तन: कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्रविधि र स्टार्टअपलाई प्राथमिकता दिँदै ज्ञानमा आधारित अर्थतन्त्र र प्रविधियुक्त डिजिटल सुशासन निर्माण गरिने घोषणा गर्नुभयो।
-
विपद् पूर्वतयारी: नेपाल उच्च विपद् जोखिममा रहेकाले पूर्वसूचना प्रणाली र पूर्वतयारीलाई सर्वोच्च प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो।
-
जनताप्रतिको प्रतिबद्धता: शहीदको रगतले लेखिएको संविधानलाई इमानदार निर्णय, पारदर्शी काम र जनसेवामार्फत पूरा गर्ने वाचा दोहोर्याउनुभयो।