सुनको भाउमा ऐतिहासिक रेकर्ड: प्रतितोला ३ लाख नाघ्यो
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबार एकैदिन ९ हजार २०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४,९५० डलर नाघेसँगै स्थानीय बजारमा यसको प्रत्यक्ष प्रभाव परेको हो। विश्वव्यापी द्वन्द्वको संकेत र विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले सुनमा लगानी बढाएका कारण मूल्य आकाशिएको व्यवसायीहरू बताउँछन्।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ३२० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँ पुगेको छ। हिजो सुन २ लाख ९२ हजार २०० र चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।