स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. काफ्लेको राजीनामा
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। सरकारको सहयोगबिना बिमा कार्यक्रम चलाउन नसकिने भन्दै उनले आज स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
बिमा बोर्डले विभिन्न अस्पतालहरूलाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। रकम अभावका कारण ठूला सरकारी अस्पतालहरूले धमाधम बिमा सेवा बन्द गर्न थालेपछि बोर्ड दबाबमा थियो। डा. काफ्लेले पटक-पटक सरकारसँग बजेट र सहयोग माग गरे पनि सुनुवाइ नभएपछि उनले पद छोड्ने निर्णय गरेका हुन्।