२१ जेष्ठ २०८३, बिहीबार

नेपालमा २६ सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्ने तयारी: दुरसञ्चार प्राधिकरणद्वारा निर्देशन जारी

207

२०८२ भदौ १९ गते बिहिबार, काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सञ्चालित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय (बन्द) गर्ने प्रक्रिया अगाडि बढाएको छ। सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०५/०९ को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/१९ को निर्णयका आधारमा प्राधिकरणले अनुमति प्राप्त सेवा प्रदायकहरूलाई ती प्लेटफर्महरूलाई बन्द गर्न निर्देशन दिएको हो।

कुन-कुन प्लेटफर्महरू प्रभावित?

प्राधिकरणले निष्क्रिय गर्न निर्देशन दिएका प्रमुख २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूको सूची यसप्रकार छ:
१. Facebook
२. Facebook Messenger
३. Instagram
४. Youtube
५. Whatsapp
६. Twitter (X)
७. LinkedIn
८. Snapchat
९. Reddit
१०. Discord
११. Pinterest
१२. Signal
१३. Threads
१४. WeChat
१५. Quora
१६. Tumblr
१७. Clubhouse
१८. Mastodon
१९. Rumble
२०. MeWe
२१. VK
२२. Line
२३. IMO
२४. Zalo
२५. Soul
२६. Hamro Patro

Author

Leave A Reply

Your email address will not be published.