रवि लामिछानेले देउवा र ओलीसँग भित्री रूपमा सम्झौता गरेछन्: मुकुल ढकाल
२०८१ फागुन २६ गते सोमबार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित भएका महामन्त्री मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने, शेर बहादुर देउवा र केपी शर्मा ओलीसँग भित्री रूपमा सम्झौता गरेका जनाएका छन्।
आज उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रबिदाईले देउवा र ओलीसँग भित्री रूपमा सम्झौता गरेछन् भन्दै कुलासा गरेका हुन्।
ढकालले अगाडि लेखेका छन् “रवि दाइले भित्रि रूपमा देउवा र ओलिसँग सम्झौता गरेछन् । मुद्दा कमजोर बनाइदिने, र राजातिर भड्किएको जमातलाई फेरी आफूँतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको बुझ्न सकिन्छ । पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरि पास्पोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो । अन्य अवस्थामा रविन्द्र मिश्रजस्तै मार्ग परिवर्तन गरि राजाको पक्षमा लाग्ने आन्तरिक रणनीति बुनिरहेका छन् ।” उनि पार्टीबाट निलम्बित भए यता एक आपसमा आरोप प्रत्यारोप लगाउदै आईरहेका छन्।