१२ कार्तिक २०८३, बुधबार

बेलुन पड्केर घाइते भएका मेयर धनराज आचार्य आज किर्तिपुर अस्पतालबाट डिस्चार्ज

206

२०८१ फागुन ८ गते बिहिबार ।


बेलुन पड्केर घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आज किर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन पड्केर भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

उनीसंगै घाईते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल यस अघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले जानकारी गराएका हुन् ।

उनले लेखेका छन् स्वास्थ्यलाभको कामना गर्न्नुहुने, उपचारमा संलग्न रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवार, शुभेच्छुकहरु प्रति आभार व्यक्त गरेका छन् ।

Author

Leave A Reply

Your email address will not be published.