४ बैशाख २०८३, शुक्रबार

पोखरामा आगोको लप्काले पोलेर घाईते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी

130

२०८१ फागुन ४ गते आईतबार। 


पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा हिजो पोखराको रंगशालामा भएको कार्यक्रममा बेलुन पड्केर लागेको आगोले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका थिए ।

पोखरा रंगशालामा भएको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा सो दुर्घटना भएको हो ।

स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको बेलुनको आगोको लप्काले अर्थमन्त्री पौडेल र मेयर आचार्यको गाला जलेको छ । यतिबेला उनीहरु दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भईरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.