भारतको ७६ औँ गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज आफ्नो ट्विटर मार्फत मोदी र त्यहाँका जनतालाई गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका हुन् ।
उनले दुई राष्ट्र बिचको मित्रताको सम्बन्धलाई अझ गहिरो बनाउँदै जाओस् भन्ने शुभकामना समेत दिएका थिए।