२१ जेष्ठ २०८३, बिहीबार

ममता काफ्ले हत्या प्रकरण : श्रीमान् नरेशमाथिको सुनवाइ २०२५ को सेप्टेम्बरमा हुने

204

अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या गरेको र शव लुकाएको आरोप लागेका श्रीमान् नरेश भट्टमाथि नयाँ सुनवाइको मिति तय भएको छ । प्रिन्स विलियम काउन्टी सर्किट कोर्टका एक न्यायाधीशले ३७ वर्षीय भट्टको सुनवाइ सन् २०२५ को सेप्टेम्बर ८ का लागि तय गरेका हुन् ।

शव लुकाएको अभियोगमा भट्टको सुनवाइ आगामी हप्तादेखि हुँदै थियो । तर सोमबार उनीमाथि पत्नीको हत्या गरेको नयाँ अभियोग चलाइएपछि सुनवाइ ९ महिना पछि सरेको हो ।

यो सुनवाइको फैसला आउन करिब चार हप्ता लाग्ने बताइएको छ । कोर्ट टिभीले यो सुनवाइ टिभीमा प्रत्यक्ष प्रसारण गर्न खोजिरहेको छ । तर यसको निर्णय निर्णायकले गर्नेछन् ।

मेरिकामा रजिस्टर्ड नर्स काफ्लेकी एक छोरी छिन् । छोरीलाई सुरुमा सोसल सर्भिसका स्वयंसेवकले लगेको भए पनि अहिले उनी ममताको आफन्तसँग छिन् । प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा काम गर्ने ममता अन्तिमपटक जुलाई २७ मा अस्पताल पुगेकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई उनी हराएको खबर गरेका थिए ।

Author

Leave A Reply

Your email address will not be published.