२३ जेष्ठ २०८३, शनिबार

अभिनेता विराज भट्टले खरिद गरे ३ करोडको ल्याण्ड क्रूजर

166

अभिनेता विराज भट्टले शुक्रबार चाबहिलस्थित टोयोटाको सोरुमबाट विलासी गाडी मानिने ल्याण्ड क्रूजर २५० खरिद गरेका छन् । दशकअघिका चर्चित कोरियोग्राफर वसन्त श्रेष्ठको साथमा सोरुम पुगेका उनले उक्त गाडी ३ करोड ३२ लाख मूल्यमा खरिद गरेको जनाइएको छ । नेपाली कलाकारहरुमा ल्याण्ड क्रूजर गाडी खरिद गर्ने विराज नै पहिलो हुन् । गाडी खरिद गरेपछि विराजले सोरुममै केक काटेका थिए भने आफैंले गाडी हाँकेर बाहिरिएका थिए । जानकारका अनुसार उनले छोरा समीर भट्टका लागि गाडी किनेका हुन् । समीर यतिबेला पूर्वमा ‘बलिदान’को छायांकनमा व्यस्त भएकाले उनी गाडी खरिदको बेला उपस्थित हुन सकेका थिएनन् । विराजले समीरलाई छायांकन सेटमै पुगेर गाडी उपहारस्वरुप प्रदान गर्न लागेको बुझिएको छ । उनको हालसालै रिलिज भएको चलचित्र ‘१२ गाउँ’को सफलताको कारण फिल्मबाट उनले कम्तिमा पनि १० करोड नाफा कमाएका छन् । त्यसैको केहि अंशबाट छोरालाई गाडी उपहार दिन लागेको बुझिएको छ।

Author

Leave A Reply

Your email address will not be published.