४ बैशाख २०८३, शुक्रबार

गोर्खा मिडिया र सहकारीबीच लेनदेनमा लामिछानेले चेक काटेको प्रमाण भेटिएको

132

कम्पनी र सहकारीबीचको कारोबारमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै आएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण भेटिएको छ । सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले समेत लामिछानेलाई थुनामा राख्ने म्याद थप्दै लगेको छ ।
प्रहरीको प्रश्न सुनेर लामिछाने आक्रोशित बनेका थिए । ‘प्रमाणबिना आरोप लगाउने ? प्रमाण भए ल्याऊ भन्दै उहाँले चुनौती पनि दिनुभयो,’ एक प्रहरी अधिकारीले भने ।

‘त्यसपछि प्रहरीले हस्ताक्षरसहितको चेकको प्रतिलिपि देखाइदियो, त्यो देखेपछि लामिछाने नर्भस हुनुभयो,’ उनले भने, ‘धेरैबेर घोरिएपछि मलाई मेरा कानुन व्यवसायीसँग बुझ्न दिनुस् भन्नुभयो । अनि बरन्डामा गएर थप घोरिनुभयो । धेरैबेरपछि फर्किएर मैले हस्ताक्षर गरेर घर्रामा राखेको चेकमा कसैले रकमसहितको विवरण भरेर बुझाएको हुन सक्छ भन्ने जवाफ दिनुभयो ।’

तर, प्रहरी अनुसन्धानमा भने सहकारीको ब्याज भुक्तान गर्न लामिछानेले नै काटेका चेक भेटिएको विषयमा प्रश्न सोध्दा खनालले भने, ‘यो विषय हाम्रो समितिको नोटिसमा आएको थिएन । अहिले अनुसन्धानका क्रममा रहेकाले हामीलाई पूर्ण जानकारी छैन । समाचारबाहेक के, कस्तो चेक भन्ने थाहा नभएकाले थप अध्ययनपछि मात्र प्रतिक्रिया जनाउन उपयुक्त हुन्छ ।’

Author

Leave A Reply

Your email address will not be published.