२८ भाद्र २०८३, आईतवार

नेप्से ११४.७० अंक बढेर बन्द

258


आज साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ११४.७० अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ११४.७० अंक बढेर २६२३.५६ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स १९.४६ अंक, फ्लोट इण्डेक्स ७.९६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंक बढेको छ। आज नेप्से परिसूचक २६०० विन्दुभन्दा माथि बन्द भएको छ। जसले पाँच कारोबार दिनपछि पुनः यो महत्वपूर्ण स्तर पार गरेको हो।

आज कारोबार रकम भने बढेको छ। हिजो सोमबार ३ अर्ब ७१ करोडको शेयर कारोबार भएको बजारमा आज ३ सय ७ कम्पनीको ९६ हजार ९ सय ६ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर कारोबार भएको छ।

Author

Leave A Reply

Your email address will not be published.