४ बैशाख २०८३, शुक्रबार

निर्वाचन आयोगले गर्‍यो दल दर्ता आह्वान

117


निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि  सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।

निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा  ४ अनुसार दल दर्ता आह्वान गरेको बताएको छ।

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ। स्थानीय तहमा ४३ पद रिक्त छl

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.