४ बैशाख २०८३, शुक्रबार

सेयर बजार २६०० बिन्दुभन्दा तल झरेको छl

122

विगत केही हप्तादेखि लगातार घटेको बजार २६०० बिन्दुभन्दा तल झरेको छ । बुधबार नेप्से ४ अंकले घटेर २५७६ को बिन्दुमा बजार बन्द भयो । कारोबार पनि घटेर बुधबार ५ अर्ब ६६ करोड बराबर मात्र भएको छ ।

१६३ कम्पनीका लगानीकर्ताले गुमाउँदा ७४ कम्मपनीका लगानीकर्ताले कमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्सका लगानीकर्ता छन्। यो कम्पनीको सेयर भाउ ६.७७ प्रतिशतले ओरालो लागेको छ। धेरै कमाउनेमा भने कालिका लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य ८.०८ प्रतिशतले बढेको छ।सीईडीबी हाइड्रोपावरको सबैभन्दा धेरै २० करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

Author

Leave A Reply

Your email address will not be published.