४ बैशाख २०८३, शुक्रबार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिश्वासको मत लिने

112

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज १ बजे बस्ने बैठकमा बिश्वासको मत लिने कार्यसूची छ।

मुख्यमन्त्री बन्दा उनलाई समर्थन गरेको दल नेकपा  माओवादी केन्द्रले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन भदौ १४ गते फिर्ता लिएको थियो।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद र दोस्रो ठूलो दल कांग्रेससँग २९ जना सांसद छन्।

माओवादीको समर्थनमा गत वैशाख २७ गते कार्की मुख्यमन्त्री बनेका थिए।

Author

Leave A Reply

Your email address will not be published.