१२ कार्तिक २०८३, बुधबार

हाम्रो माग ३२ सिट हो ; रकम चेमजोङ

चेमजोङको धनकुटाबाट चुनाव लड्ने तयारी ;

1,297


२०
, भाद्र ।  जनता समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनभित्र कूल १६५ मध्ये ३२ सिट माग गरेको छ ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङका अनुसार ३२ सिट माग गरिएकोमा गठबन्धनभित्र समझदारी हुँदा केही सिटछोड्न सकिने छ ।

जसपाबाट सिट बाँडफाँट सम्बन्धी कार्यदलका सदस्यसमेत रहेका चेम्जोङले भने, ‘हाम्रो माग ३२ सिट हो, त्यसमा दुई चार सिट सम्झौताहोला । सबैले मागेजति नै पाउँला भन्ने मलाई लाग्दैन ।’

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले १०० सिट मागेको भए पनि त्यसरी सबैलाई नपुग्ने उनको भनाइ छ ।

‘कांग्रेसले मागेको १०० सिट त पुग्दैन नि ! उनीहरु पनि ८०, ७५ को हाराहारीमा झर्लान्, हामी पनि झरौला, माओवादी केही झर्ला, एकीकृत समाजवादी पनि झर्ला,’ उनले भने, ‘यस हिसाबले संख्या १६५ भित्र झर्ला भन्ने हामीलाई आशा छ ।’

उनले भने, ‘हामीले अहिले एमालेसँग मिलेर लड्ने सोचेकाे छैनौ । सकभर यही गठबन्धनमा कुरो मिल्छ, हामी यही गठबन्धनबाट चुनावलड्छौं ।’

धरानमा पार्टी कार्यालय बाहिर जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईसँग सल्लाह गर्दै रकम चेम्जोङले अब कार्यदल र सत्तारुढदलका शीर्ष नेताहरु बसेर चार–पाँच दिनभित्रमा सिट बाँडफाँटको कुरा मिल्ने बताए ।

उनले अबको निर्वाचनमा धनकुटाबाट कांग्रेसले आफूलाई छोडिदिनुपर्ने पनि बताए ।

‘धनकुटा मेरो निर्वाचन क्षेत्र हो । योभन्दा अगाडि कांग्रेसका सुनिलबहादुर थापाजीलाई मैले छोडिदिएको हो । यसपालि मलाई छोड्नुपर्छ।’

Author

Leave A Reply

Your email address will not be published.