१२ कार्तिक २०८३, बुधबार

बुद्धशान्ति १ मा अनिल वाग्लेको सानदार जीत

323

बेलबारी,२ जेठ  । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् ।

वाग्लेले २०४३ मत प्राप्त गरि लोकप्रिय मतले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गरेका छन।

वाग्ले बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तथा पूर्वेली साप्ताहिकका सम्पादक समेत रहेका थिए ।

अध्यक्षमा वाग्लेसँगै सदस्यमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा र सदस्यमा मोहन कुमार राई रलक्ष्मीप्रसाद कडेल बिजयी भएका छन ।

Author

Leave A Reply

Your email address will not be published.