२१ जेष्ठ २०८३, बिहीबार

तुलसीपुरका कांग्रेस मेयर उम्मेदवार गिरीको घरमा पेट्रोल बम प्रहार

253

दाङ / स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार राति तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेद्वार  गेहेन्द्र गिरीको घरमा अज्ञात समूहलेपेट्रोल बम प्रहार गरेको छ।

दाङका डिएसपी श्याम अर्यालका अनुसार दुई वटा पेट्रोल बम प्रहार भए पनि मानवीय भौतिक क्षति भएको छैन।

तुलससीपुर उपमहानगर सल्यान जाने बाटोमा रहेको गिरीको घरमा बिहीबार साँझ  पेट्रोल बम प्रहार भएको हो। अज्ञात समूहले घरकम्पाउण्ड भित्र दुई वटा बम फ्यालेर भागेको नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मेयर उम्मेदवार गिरीकी पत्नी उमा गिरीलेजानकारी दिइन्।

यसैबीच मेयर उम्मेदवार गिरीले गलत मानसिकताका व्यक्तिले तर्साउन यसो गरेको बताए।

गलत मानसिकता भएका व्यक्तिले तर्साउन खोजेको हो। तर कसैले पनि नडराइकन मतदानमा सहभागी हुन अनुरोध गर्दछु’, उनले भने।

Author

Leave A Reply

Your email address will not be published.