१२ श्रावण २०८३, मंगलवार

जनताको मन र मत दुबै जित्नेछु ; महेन्द्र सुवेदी

607


बेलबारी
,२३ वैशाख / वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङ जिल्लाको बेलबारी नगरपालिकामा नेपाली कांग्रेस मेयर पदका उम्मेदवार महेन्द्र सुवेदी चर्चामा रहदै आएका छन दशकौ देखि एमालेको एक छत्र राज रहेको बेलबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार दिलप्रसाद राई (डिपी)लाई बिरासद जोगाउन हम्मे हम्मे पर्ने देखिन्छ

घर दैलो कार्यक्रमको क्रममा बेलबारी की पाकु राजवंशीले सुवेदीलाई राज्यले दिदै गरेको सेवासुविधा लिन सर्वसाधारणलाई सास्ती खेप्नु परेको गुनासो पोखेकी छिन त्यस्तै बेलबारी की मनमाया विकक़ो समस्या पनि उस्तै उनले पाईरहेको एकल महिलाको भत्ता बिचमा आउन छोडे पछी सम्बन्धित निकायमा धेरै धाएको बताएकी छिन यो पालिको चुनावमा कसलाई भोट हाल्ने भनेर मनमाया अन्योलमा छिन सुवेदी भने जनताको सबै समस्या समाधान गर्ने प्रतिबद्दता सहित चुनावी मैदानमा होमिएका छन

बेलबारी नगरपालिकामा मेयर पदका लागि नेकपा एमालेबाट लोकप्रिय व्यक्तित्व दिलप्रसाद राई (डिपी) २०४७ साल देखी नेपाली कांग्रेस बेलबारीको सक्रिय राजनीतिमा छाएका महेन्द्र सुवेदी चुनावी प्रतिस्पर्धामा रहेका छन मेयर पदमा माओवादी केन्द्रबाट नगेन्द्र खडका,एकिकृत समाजवादी पार्टीबाट भुपाल बस्नेत,राप्रपाबाट खेम गौतम लगायत समेत चुनावी दौडमा छन,तथापि नेपाली काँग्रेस नेकपा एमालेका उम्मेदवारहरु बिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको

Author

Leave A Reply

Your email address will not be published.