१२ कार्तिक २०८३, बुधबार

सुन्दरहरैचामा २६ वर्षीय विवश प्रधान वडा अध्यक्षमा निर्वाचित

434

जेठ २/ मोरङको सुन्दरहरैंचा नगरपालिका २ मा प्रदेश १ मै कान्छो उम्मेदवार २६ वर्षीय विवश प्रधान वडा अध्यक्षमा विजयी भएका छन ।मंगलबार बिहान सम्पन्न मतगणनामा नेपाली कांग्रेसका विवश प्रधान सहित प्यानलनै निर्वाचित भएका छन ।

नेकपा एमालेका उम्मेदवार झरीलाल माझी थारुलाई १२४ मतले पछि पार्दै प्रधानले नेपाली काँग्रेसको विजयी सुरुवात गरेका छन् ।प्रधानले १५७० मत ल्याउँदा माझिले १४६०  मत प्राप्त गरे। त्यसैगरी माओवादी केन्द्रबाट महेशलाल माझीले १८५ मत प्राप्त गरेका छन ।

त्यस्तै खुल्ला सदस्यमा काङ्ग्रेसकै ओम नारायण चौधरी र नन्द नारायण गच्छदार, महिला सदस्य सीता खवास, दलित महिला सदस्यप्रमीला कुमारी बिक निर्वाचित भएका छन । यस अघि काङ्ग्रेसकै डोरीलाल चौधरीले वडाको नेतृत्व गरेका थिए ।

Author

Leave A Reply

Your email address will not be published.