११ कार्तिक २०८३, मंगलवार

काभ्रेको कानपुरमा पहेँलै फुले तोरी, दसैँ-तिहारको रौनकसँगै गाउँमा बढ्यो उत्साह (तस्बिरहरु)

144

काभ्रे, कात्तिक८ । चाडपर्वको मौसम, गाउँ फर्किनेको चहलपहल अनि खेतबारीमा ढकमक्क फुलेका तोरीका पहेँला फूल। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५, कानपुरमा यतिबेला प्रकृति र चाडपर्वको रौनकले गाउँको माहोल नै उल्लासमय बनेको छ।

दसैँ–तिहारजस्ता नेपालीका महान् चाडपर्वको समयमा कानपुरका बारी पहेँलै देखिन थालेका छन्। कतै तोरी ढकमक्क फुलेका छन् भने कतै फुल्ने क्रम जारी छ। पहेँला फूलले सजिएका बारी र हरियाली पाखापर्वतले गाउँको सौन्दर्य थप मनमोहक बनाएका छन्।

तोरी फुलेको यो मौसमले किसानमा नयाँ उत्साह थपेको छ। यस वर्ष राम्रो उत्पादन हुने अपेक्षासँगै किसानहरू खेतीपातीको काममा जुटिरहेका छन्। अर्कोतर्फ, दसैँ मनाउन सहरबाट गाउँ फर्किएकाहरूका लागि पनि तोरी फुलेको दृश्यले गाउँको बसाइलाई थप रमाइलो र सम्झनलायक बनाएको छ।

सहरको व्यस्त जीवनबाट केही समय गाउँ फर्किएका आफन्त र परिवारजनले पहेँलै फुलेका खेतबारीको सुन्दरता नियाल्दै गाउँको प्राकृतिक वातावरणमा रमाउने अवसर पाएका छन्। तोरीको पहेँलो रङ, चाडपर्वको उमङ्ग र आफन्तसँगको भेटघाटले कानपुरमा छुट्टै रौनक थपेको छ। अझ दसैको टिका जमरा लगाएर पृष्ठभूमिमा पहेँलै फुलेका तोरीको फुलमा फोटो खिच्नुको मज्जा नै बेग्लै छ ।

हेर्नुस थप तस्बिर

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.