१२ कार्तिक २०८३, बुधबार

मुलपानीमा जुवा खेलिरहेको अवस्थामा दुई जना पक्राउ

14

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानी क्रिकेट ग्राउन्ड नजिकै जुवा (ओखर) खेलिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोट घर भई गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती बस्ने ३३ वर्षीया अञ्जली पुडासैनीसहित दुई जना छन्।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार दिउँसो नगद ५८ हजार ८५५ रुपैयाँ र ११ थान ओखरसहित पक्राउ गरेको हो।

Author

Leave A Reply

Your email address will not be published.