२७ भाद्र २०८३, शनिबार

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन: सातै प्रदेशबाट रोजगारमुखी र प्रयोगात्मक शिक्षामा जोड

10
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालामा सहभागी सरोकारवालाहरूले विद्यालय शिक्षालाई रोजगारी, उत्पादन र सीपसँग जोड्न सुझाव दिएका छन्। पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले सञ्चालन गरेको प्रदेशस्तरीय छलफलमा शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरूले प्रयोगात्मक सिकाइ, मूल्याङ्कन प्रणालीमा सुधार र स्थानीय आवश्यकतामा आधारित शिक्षाको माग गरेका हुन्।
शिक्षा मन्त्रालयको निर्णयअनुसार गठित प्राडा बालचन्द्र लुइँटेल संयोजकत्वको कार्यदलले भदौ ३० गतेसम्म २८ जिल्लामा पुगेर प्रत्यक्ष सुझाव सङ्कलन गर्दैछ। पहिलो चरणमा २८ जिल्ला र त्यसपछि ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइमार्फत सुझाव लिइनेछ।
प्रदेश स्तरबाट प्राप्त प्रमुख सुझावहरू:
  • कोशी: पाठ्यघण्टा घटाएर प्रयोगात्मक सिकाइ बढाउने र कक्षा ९ देखि ऐच्छिक विषय छनोटको अवसर दिने।
  • मधेश: उद्यमशीलता, कृषि, प्रविधि र रोजगारी सिर्जना गर्ने शिक्षामा जोड दिने।
  • बागमती: शिक्षकको क्षमता विकास गर्ने र एकीकृत पाठ्यक्रमअनुसार शिक्षण-मूल्याङ्कन प्रभावकारी बनाउने।
  • गण्डकी: विद्यालय शिक्षालाई ५–४–३ संरचनामा लैजाने र नैतिक शिक्षालाई छुट्टै विषय बनाउने।
  • लुम्बिनी: पाठ्यक्रम निर्माणमा विद्यार्थीको आवाज समेट्ने र श्रम-उत्पादनसँग जोड्ने।
  • सुदूरपश्चिम: नैतिक शिक्षा, कम्प्युटर शिक्षा र ECD लाई पाठ्यक्रम संरचनामा समावेश गर्ने।
प्राप्त सुझावहरूलाई समेटेर तिहारअघि नै सुझाव सङ्कलन सम्पन्न गरी प्रारूप परिमार्जनको काम अघि बढाइने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले जानकारी दिनुभयो।

Author

Leave A Reply

Your email address will not be published.