२७ भाद्र २०८३, शनिबार

बाढीपीडितको घाउमा मलम लगाउँदै सिक्किम: राहत वितरणदेखि विद्यालय स्थापनासम्मको घोषणा

44

काठमाडौँ  नेपालका बाढी प्रभावित जिल्लाहरू नुवाकोट, रसुवा र धादिङमा भारतको सिक्किम राज्यले ठूलो मानवीय सहयोग पुर्‍याएको छ। सिक्किमका मुख्यमन्त्री पी.एस. गोलेको विशेष पहलमा आएको ३५ सदस्यीय टोलीले भाद्र १८ गते प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, औषधि, सोलार बत्ती, त्रिपाल र म्याट्रेस लगायतका अत्यावश्यक सामग्री वितरण गरेको हो।

राहत अभियानमा सक्रिय सिक्किमका पूर्व विधायक एवं वरिष्ठ चिकित्सक डा. मेचुङ भुटियाले प्रत्यक्ष रूपमा बिरामीहरूको उपचार गर्दै मानवीय सेवा प्रदान गर्नुभयो। उहाँले बाढीका कारण त्रसित बालबालिकाका लागि ‘Child-Friendly Space’ स्थापना गर्ने र नेपाल सरकारको स्वीकृति प्राप्त भएमा त्रिशूली क्षेत्रमा कक्षा १० सम्मको विद्यालय सञ्चालन गर्ने महत्वपूर्ण घोषणा समेत गर्नुभएको छ।

नेपाल पक्षबाट युवा व्यवसायी टीका भण्डारी र लायन्स क्लब अफ रञ्जना ब्रदर्शका संस्थापक अध्यक्ष हरिकृष्ण दाहालले यस राहत अभियानको प्रभावकारी समन्वय र व्यवस्थापन गर्नुभएको थियो। विपद्को समयमा सिक्किमबाट प्राप्त यो साथ र शिक्षा क्षेत्रमा गरिएको प्रतिबद्धताले नेपाल–सिक्किमबीचको मित्रता र मानवीय सम्बन्धलाई थप प्रगाढ बनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.