३० भाद्र २०८३, मंगलवार

रसुवा बाढी: प्रधानमन्त्रीद्वारा राष्ट्रिय परिषद्को बैठक आह्वान, नेपाली सेनाले गरायो क्षतिको ब्रिफिङ

24

काठमाडौँ । रसुवामा आज बिहान आएको भीषण बाढीले पुर्‍याएको क्षति र उद्धारको अवस्थाबारे समीक्षा गर्न प्रधानमन्त्री वालेन्द्र शाहले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्’को आकस्मिक बैठक बोलाउनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बैठक जारी रहेको छ। बैठकको सुरुमा नेपाली सेनाका तर्फबाट बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति, भएको क्षति र हालसम्म गरिएका उद्धार कार्यका बारेमा विस्तृत ब्रिफिङ भइरहेको छ।

चीनको तिब्बततर्फबाट भोटेकोशीमा एक्कासि आएको बाढीले रसुवाको स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा पुर्‍याएको भौतिक तथा मानवीय क्षतिको प्रारम्भिक विवरण बैठकमा प्रस्तुत गरिएको छ।

बैठकले क्षतिको पूर्ण विवरण संकलन गर्ने, उद्धार कार्यलाई थप प्रभावकारी बनाउन थप जनशक्ति परिचालन गर्ने र प्रभावितहरूका लागि तत्काल राहत तथा पुनस्र्थापनाका कदमहरू चाल्ने सम्बन्धमा महत्त्वपूर्ण निर्णय लिने बताइएको छ। बैठकमा गृह मन्त्री, विभिन्न मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू र विपद् व्यवस्थापन विज्ञहरूको सहभागिता रहेको छ।

यसअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सबै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’मा रहन र तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिनुभएको थियो।

Author

Leave A Reply

Your email address will not be published.