३० जेष्ठ २०८३, शनिबार

भुजुङ्ग हाईड्रोपावरको चौथो साधारण सभा सम्पन्न: माधव राज आचार्यसहित नयाँ सञ्चालक समिति नि र्वाचित

10

भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा आज काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ। बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा आयोजित सभाले कम्पनीको नयाँ सञ्चालक समिति चयन गर्नुका साथै विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट पाँच जना सञ्चालकहरू निर्वाचित गरेको छ। नवनिर्वाचित सञ्चालकहरूमा श्री माधव राज आचार्य, डा. हिमाल भट्टराई, श्री राजेश्वर दुवाल, श्री टंक प्रसाद सुवेदी र श्री सन्तोष श्रेष्ठ रहनुभएको छ।

त्यसैगरी, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै श्रीमती जेलिना श्रेष्ठ सञ्चालक पदमा निर्वाचित हुनुभएको छ। कम्पनीको संस्थागत सुशासनलाई थप सुदृढ बनाउन सभाले श्रीमती रीता गौतमलाई स्वतन्त्र सञ्चालकको रूपमा मनोनयन समेत गरेको छ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, आर्थिक वर्षको वित्तीय विवरण तथा कम्पनीका आगामी योजनाहरूमाथि विस्तृत छलफल गरिएको थियो। शेयरधनीहरूले उठाएका जिज्ञासाको उत्तर दिँदै व्यवस्थापन पक्षले कम्पनीको भावी रणनीति र विकासका योजनाहरूबारे जानकारी गराएको थियो। छलफलपश्चात् सभाले सबै प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

कार्यक्रममा शेयरधनीहरूबीच कम्पनीको प्रगति र भावी सम्भावनाका विषयमा सकारात्मक अन्तरक्रिया भएको थियो। नवनिर्वाचित सञ्चालक समितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै सभा विसर्जन गरिएको थियो।

टोखा–१०, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस हाईड्रोपावरले जलविद्युत क्षेत्रमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको छ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.