१७ श्रावण २०८३, आईतवार

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको शिक्षामा कमी हुन दिँदैनौँ: शिक्षामन्त्री पोखरेल

16

काठमाडौँ, १५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ।

शुक्रबार राष्ट्रियसभामा सांसदहरू मदनकुमारी शाह (गरिमा) र भुवनबहादुर सुनारले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले प्रभावित विद्यार्थीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी पठनपाठनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार बालाजु र पकनाजोल क्षेत्रका विद्यार्थीलाई अन्य माध्यमिक विद्यालयमा सारिएको छ भने कीर्तिपुरका १० जना बालबालिकालाई आवासीय छात्रवृत्तिको व्यवस्था गरिएको छ। यस्तै, होल्डिङ सेन्टरमा रहेका ५९ जना बालबालिकालाई विद्यालय पोसाक, सवारी साधन र शैक्षिक सामग्री उपलब्ध गराइएको छ।

विश्वविद्यालयको प्रसङ्गमा मन्त्री पोखरेलले नियुक्तिहरू सुशासन र योग्यता प्रणालीका आधारमा गरिएको बताउनुभयो। उहाँले हालसम्म ९ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेको र शैक्षिक वातावरण सुधारका लागि सबै विश्वविद्यालयलाई वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न निर्देशन दिइएको समेत जानकारी दिनुभयो।

Author

Leave A Reply

Your email address will not be published.