१५ श्रावण २०८३, शुक्रबार

ईपीएस आवेदनकर्ताको चाप: राहदानी विभागले दुई सिफ्टमा सेवा दिने, बिदामा पनि कार्यालय खुल्ने

शनिबार र आइतबारलगायत सार्वजनिक बिदाका दिनसमेत विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गर्ने

19

काठमाडौँ, १३ साउन । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने भएको छ। विभागले साउन १४ गतेदेखि २२ गतेसम्मका लागि यो विशेष व्यवस्था गरेको हो।

नयाँ तालिका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ। यस्तै, सेवाग्राहीको सहजताका लागि शनिबार र आइतबारलगायत सार्वजनिक बिदाका दिन पनि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म राहदानी सेवा उपलब्ध गराइने विभागले जनाएको छ।

कोरिया जान राहदानी अनिवार्य हुने भएकाले पछिल्लो साता विभागमा अत्यधिक भीड बढेपछि समयमै सेवा प्रवाह गर्न अतिरिक्त समय र सिफ्ट थप गरिएको हो। विभागले यो अवधिमा सेवाग्राहीलाई सरल र प्रभावकारी रूपमा राहदानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.