१५ श्रावण २०८३, शुक्रबार

सामुदायिक विद्यालयको गुणस्तर सुधारबारे शिक्षामन्त्री र प्रधानाध्यापकहरूबीच छलफल

32

काठमाडौँ, १३ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज देशभरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग मन्त्रालयमा विशेष छलफल गर्नुभएको छ।

छलफलका क्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रभावकारी विद्यालय व्यवस्थापन र विद्यार्थीको सिकाइ उपलब्धिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विचार विमर्श भएको थियो। भेटमा प्रधानाध्यापकहरूले शिक्षक तथा कर्मचारी व्यवस्थापनमा भोग्नुपरेका समस्या र विद्यालय तहमा देखिएका चुनौतीबारे मन्त्री पोखरेललाई जानकारी गराउनुभएको थियो। मन्त्री पोखरेलले विद्यालयको शैक्षिक वातावरण सुधार्न सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.