एनपीएल: गुल्सन झाको विष्फोटक ब्याटिङ, कर्णालीद्वारा काठमाडौँलाई १५० रनको लक्ष्य
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई जितका लागि १ सय ५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो। कर्णालीका लागि गुल्सन झाले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै २२ बलमा ६ चौका र ३ छक्कासहित अविजित ४९ रन बनाए।
यस्तै पवन सर्राफले ३५ र मार्क वाटले ३० रनको योगदान दिए। ओपनर प्रियाङक पञ्चाल भने रोयल डकआउट (इनिङको पहिलो बलमै आउट) भए।