१२ कार्तिक २०८३, बुधबार

बालेनलाई चुनाव चिन्ह लौरो ;

९० हजार बढी भोट ल्याउने दाबी ;

372

काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह्र पाएका छन् । आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाहलाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिन्ह्र दिएको हो ।

दलहरुले भने आआफ्नै चुनाव चिन्ह पाएका छन् । त्यस्तै अन्य स्वतन्त्र उम्मेदवारहरुलाई भने फरक–फरक चुनाव चिन्ह दिइएको निर्वाचनआयोगले जनाएको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी निर्वाचन आयोगले शनिबार दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुलाईचुनाव चिन्ह दिएको हो ।

चर्चामा रहेका शाहले ९० हजार बढी भोट ल्याउने बताएका छन । उनले काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेको भोट काटेरआफूले जित्ने दावी  समेत गरेका छन् ।   

Author

Leave A Reply

Your email address will not be published.