१२ कार्तिक २०८३, बुधबार

राजाबादी समुहले ज्ञानेन्द्र शाहको स्वागतमा प्रदर्शन गर्दै

215

२०८१ फागुन २५ गते आईतबार ।


पोखरा भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाण्डौ फर्कदै छन्।

उनि काठमाडौं फर्किंदा राजावादीहरुको समूहले धूमधामले स्वागत गर्ने तयारीका साथ यतिबेला विमानस्थल क्षेत्रमा सर्बसाधारणको भिड बड्दै गईरहेको छ ।

राप्रपा, राप्रपा नेपालसहितका विभिन्न राजनीतिक दल त्यस्तै संघसंस्थाहरुले काठमाडौंका प्रदर्शन गर्ने तयारी गरेका छन् ।

राजावादीहरुको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिने भएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ ।

भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखिएको छ । नेपाल प्रहरी र एपिएफ को सुरक्षा व्यवस्था बिमानस्थल क्षेत्रमा खटाईएको छ। विमानस्थल प्रबेस गर्ने यात्रु सवारी साधनहरुको सुरक्षा जाच गरि कडाई समेत नेपाल प्रहरीले गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.