९ आश्विन २०८३, शुक्रबार

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

3

काठमाडौं, ८ असोज । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा सुरेशराज शर्माको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व. शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो भने नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो।

शर्माको निधनले नेपालको शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको मन्त्री पोखरेलले बताउनुभयो। उहाँले शर्माले देखेको काठमाडौं विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्ने सपना पूरा गर्न सरकार अघि बढिरहेको जानकारी दिनुभयो।

रसायनशास्त्रमा पीएचडी गरेका शर्मा सीटीईभीटीका संस्थापक निर्देशकसमेत हुनुहुन्थ्यो। दुई दशकभन्दा लामो समय केयूको नेतृत्व गर्नुभएका शर्माले नेपालको उच्च तथा प्राविधिक शिक्षा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

Author

Leave A Reply

Your email address will not be published.