जबरजस्ती करणी मुद्दाका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी आर्यन पुरी पक्राउ परेका छन्।
सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ का २६ वर्षीय पुरी २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा कारागार कार्यालय नख्खुबाट फरार भएका थिए।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेशीबाट मंगलबार पक्राउ गरेको हो। पक्राउपछि उनलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय नख्खु पठाइएको प्रहरीले जनाएको छ।