भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेका छन्।
मौसम पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिममा पनि भारी वर्षाको सम्भावना रहेको छ।
सम्भावित बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमलाई ध्यान दिँदै राति तथा पानी परिरहेको समयमा राजमार्ग यात्रा नगर्न, नदी तथा खोलानजिक र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन प्रधानमन्त्री शाहले अनुरोध गरेका छन्।