९ आश्विन २०८३, शुक्रबार

देउवाले वैदिक विधिअनुसार मनाए जन्मदिन

25

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा  नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो ८० औ जन्मदिन वैदिक विधि-विधानअनुसार पूजा-आराधना गरी मनाएका छन्।

देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो तिथिअनुसार आज जन्मदिन परेको जानकारी दिँदै हरेक वर्षझैँ यस वर्ष पनि वैदिक विधिअनुसार पूजा–आराधना गरेर जन्मदिन मनाएको बताएका छन्।

उनले जन्मदिनको अवसरमा शुभकामना तथा सद्भाव व्यक्त गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.