बीपी राजमार्गको काभ्रे खण्डमा राति सवारी आवागमन बन्द
काभ्रे । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
मनसुन प्रतिकार्य कमाण्डपोष्ट काभ्रेपलाञ्चोकको २०८३ असोज ७ गते बसेको बैठकको निर्णयअनुसार असोज ८ गतेदेखि असोज १२ गते बिहानसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइनेछ।
सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राखी उक्त निर्णय गरिएको हो।