२९ भाद्र २०८३, सोमबार

सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने भिडियो बनाउने व्यक्ति पक्राउ

14

काठमाडौँ, २२ भदौ । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे सामाजिक सञ्जालमा अपमानजनक भिडियो पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

बाढीको विपत्तिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमान गर्ने र विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो सामाग्री बनाई फेसबुक रिल (Facebook Reel) मा प्रशारण गरेको आरोपमा २४ वर्षीय बिरेन्द्र मडै पक्राउ परेका हुन्।

बैतडीको सुर्नया गाउँपालिका-७ घर भई हाल काठमाडौँको बलम्बु बस्ने मडैलाई साइबर ब्यूरोको टोलीले भदौ २० गते पक्राउ गरेको हो। उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.