बाढीको विनाश: हालसम्म १ हजार ७ जनाको शव फेला
काठमाडौँ, १६ भदौ ।
रसुवामा आएको विनाशकारी बाढीका कारण मङ्गलबार बिहान १०:०० बजेसम्म १ हजार ७ जनाको शव फेला परेको छ । बाढीले विभिन्न जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ ।
प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार जिल्लागत रूपमा सङ्कलन गरिएको शवहरूको सङ्ख्या यस प्रकार छ:
-
चितवन: ३ सय २१ जना
-
नवलपरासी पूर्व: २ सय १६ जना
-
नवलपरासी पश्चिम: १ सय ६५ जना
-
नुवाकोट: १ सय ३ जना
-
गोरखा: ६५ जना
-
धादिङ: ५६ जना
-
रसुवा: ३८ जना
-
तनहुँ: ३८ जना
-
भारतमा: ५ जना
हालसम्म विभिन्न स्थानबाट गरी कुल १ हजार ७ जनाको शव फेला परेको पुष्टि भएको छ ।
उद्धार र खोजी कार्य जारी
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने कार्य गरिरहेको छ । विभिन्न निकाय र स्थानीयवासीको समन्वय तथा सहयोगमा आवश्यक उद्धार एवं बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ । साथै, बाढीका कारण विभिन्न स्थानमा अवरुद्ध भएका बाटाहरू हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।