२९ भाद्र २०८३, सोमबार

त्रिसुली थ्रि बीको सुरुङमा सेनाको उद्धार कार्य तीव्र, मानिसहरू फसेको आशंका

34

नुवाकोट ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्य जारी राखेको छ। सुरुङभित्र मानिसहरू फसेको आशंकामा खोजी कार्यलाई तीव्रता दिइएको हो।

नेपाल सरकारको अनुमतिमा भदौ १३ गते आएको चिनियाँ उद्धार टोलीले माथिल्लो त्रिसुली थ्रि बी र माथिल्लो त्रिसुली-१ को रेकी गरी नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो। चिनियाँ टोली रसुवाको आयोजनामा केन्द्रित भएपछि त्रिसुली थ्रि बीको सुरुङमा नेपाली सेनाको भैरवनाथ गण र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले उद्धार कार्य सम्हालिरहेको छ।

आज बिहान ९ बजेदेखि भैरवनाथ गणका थप १६ जना सैनिकहरू सुरुङ क्षेत्र खन्ने र खोजी गर्ने कार्यमा जुटेका छन्। हिजोदेखि सुरु भएको यो उद्धार अभियानमा सुरक्षाकर्मीहरूले सुरुङभित्र फसेकाहरूको खोजीका लागि हरसम्भव प्रयास गरिरहेका छन्।

Author

Leave A Reply

Your email address will not be published.