भोटेकोशी बाढीको वितण्डा: रसुवादेखि नवलपरासीसम्म ९०७ शव फेला
काठमाडौं, सोमबार ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएका ९ सय ७ जनाको शव सोमबार बिहान १०:३० बजेसम्म विभिन्न जिल्लाहरूमा फेला परेको छ। बाढीको तीव्र बहावका कारण शवहरू रसुवाबाट बगेर धादिङ, चितवन हुँदै नवलपरासीसम्म पुगेका हुन्।
प्रहरीका अनुसार विभिन्न जिल्लामा फेला परेका शवहरूको विवरण यस प्रकार छ:
-
चितवन: २७२ शव फेला
-
नवलपरासी पूर्व: २०७ शव फेला
-
नवलपरासी पश्चिम: १५५ शव फेला
-
नुवाकोट: ९५ शव फेला
-
गोरखा: ६२ शव फेला
-
धादिङ: ५५ शव फेला
-
तनहुँ: ३७ शव फेला
-
रसुवा: २४ शव फेला
नेपाल प्रहरीले स्थानीय निकाय र सुरक्षाकर्मीको समन्वयमा बेपत्ता भएकाहरूको खोजी तथा शव संकलन कार्यलाई तीव्र बनाएको छ। बाढी प्रभावित क्षेत्रका परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने र अवरुद्ध सडकहरू खुलाउने प्रयास पनि जारी रहेको प्रहरीले जनाएको छ।