२९ भाद्र २०८३, सोमबार

भोटेकोशी बाढी: सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

35

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको संकट समाधानका लागि प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग श्रृंखलाबद्ध छलफल थाल्नुभएको छ।

प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्मको खोज, उद्धार र राहत व्यवस्थापनबारे ब्रिफिङ लिनुभएको छ। उहाँले आजै सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि छुट्टाछुट्टै ब्रिफिङ लिँदै हुनुहुन्छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र राहत वितरणलाई तीव्रता दिन प्रधानमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिने तयारी गर्नुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.