२९ भाद्र २०८३, सोमबार

माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरङमा फसेकाहरूको उद्धारका लागि ब्लास्टिङ गरिँदै

23

नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङमा फसेकाहरूको उद्धारका लागि ९० जनाको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ। नेपाली सेनाका इन्जिनियरहरू, सशस्त्र प्रहरीको तालिमप्राप्त कुकुरसहितको टोली र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन्।

यसअघि बनाइएको २×३ फिटको प्वालबाट भित्र कुनै प्रतिक्रिया नआएपछि अहिले ब्लास्टिङ गरेर प्वाल फराकिलो बनाउने र ठूला उपकरण प्रयोग गर्ने कार्य भइरहेको छ। जोखिमपूर्ण परिस्थितिका बाबजुद उद्धार टोली अहोरात्र खटिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.