२९ भाद्र २०८३, सोमबार

बाढी प्रभावित क्षेत्रका लागि २० थान स्याटेलाइट फोन वितरण

35

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) बाट प्राप्त यी फोनहरू रसुवा र नुवाकोटमा १०/१० थान वितरण गरिएको हो।

आगामी तीन महिनासम्म नि:शुल्क प्रयोग गर्न सकिने यी फोनले मोबाइल नेटवर्क नभएका दुर्गम स्थानमा समेत सूचना आदानप्रदान र उद्धार कार्यलाई प्रभावकारी बनाउने विश्वास गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.